कार्यालयको परिचयः
देशमा संघिय शासन प्रणाली लागु भए पश्चात आधारभुत तथा माध्यामिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने जिम्मेवारी र स्थानीय सरकार संचलन ऐन २०७४ बमोजिम शिक्षा सम्वन्धि २३ वटा अधिकार स्थानीय तहलाइ दिइएको भएता पनि सो बाहेकका कार्यसम्पादन तथा जिल्लास्तरीय शिक्षाको समन्वय गर्ने प्रयोजनका लागि साविकको जिल्ला शिक्षा कार्यालयलाई नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७४।१२।२७ को निर्णयानुसार शिक्षा विकास तथा समन्वय ईकाइ स्थापना भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको च नं ५३ मिति २०८३।०४।२१ को पत्रानुसार भुमि व्यवस्था, सहकारी ,संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प सं २०८३।०८४ च नं १० मिति २०८३।०४।११ को पत्र बमोजिम नेपाल सरकार मन्त्रीपरिषदको मिति २०८३।०३।३२ को निर्णयानुसार स्वीकृत भएको संगठन संरचना र दरवन्दी तेरिजका साथै राष्ट्रिय कितावखाना निजामति को प सं २०८३।०८४ च न १५ मिति २०८३।०४।२० को पद दर्ता सम्वन्धि पत्रानुसार यस शिक्षा विकास तथा समन्वय एकाइको रुपम स्थापित भएको छ । साविकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएका कतिपय कार्यहरु तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यदेश र कार्यविवरणका आधारमा यस एकाइले कार्यसम्पादन गर्दै आएको छ ।
यस एकाइका प्रमुख कार्यहरु
- स्थायी शिक्षकको निवृतिभरण तथा उपदानका सेवा सुविधाका लागि राष्ट्रिय कितवाखाना (शिक्षक) मा सिफारी गर्ने ।
- शिक्षाको उपदान/विरामी विदा/ औषधी उपचार रकमको भुम्तानी गर्ने ।
- स्थायी शिक्षकको राजीनामा, असाधारण, वेतलबी विदा स्वीकृत गर्ने ।
- शिक्षाको वढुवा नियुक्ति र स्थायी नियुक्ति दिने ।
- शिक्षकको सरुवा सम्वन्धि कार्य गर्ने ।
- शिक्षक अध्यापन अनुमति पत्र सम्वन्धि कार्यहरु गर्ने ।
- एसएलसी र एसइइ सम्वन्धि तोकिएका कार्यहरु गर्ने ।
- द्वन्द पिडित छात्रवृतिको सुविधा उपलब्ध गराउने ।
- छोटो अवधिको विभिन्न तालिम, अभिमुखिकरण, कार्याशाला संचालन एवं समन्वय गर्ने ।
- स्थानीइ तहसंग समन्वय र प्राविधिक सहजीकरण गर्ने ।
- संघ ,प्रदेश सरकारवाट तोकिएका अन्य कार्यहरु सम्पादन गर्ने ।